पत्रकार महासंघको प्रशिक्षण विभागमा मकवानपुरका पत्रकार ढोडारी

तामसालिङ खबर
२४ बैशाख २०७६, मंगलवार २१:५९

हेटौडा – मकवानपुरका पत्रकार मनोज ढोडारी नेपाल पत्रकार महासंघको प्रशिक्षण समितिको सदस्यमा मनोनयन भएका छन् । महासंघको विधानबमोजिम आवश्यक विभिन्न समितिमध्ये प्रशिक्षण समितिको सदस्यमा ढोडरीलाई मनोनयन गरिएको हो ।

विगत पन्ध्र वर्षदेखि पत्रकारितामा सक्रिय पत्रकार ढोडरीले महासंघले दिएको जिम्मेवारी पूरा गर्न आफू लागिपर्ने बताएका छन् । ‘महासंघले मलाई दिएको जिम्मेवारी निर्वाह गर्नेछु,’ ढोडरीले भने, ‘विशेषतः आम सञ्चार क्षेत्रमा भएका पछिल्लो विकासक्रमलाई प्रशिक्षणको प्राथमिकतामा राख्छौं ।’

नेपाल प्रेस सोसाइटीका केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारीमा रहेका पत्रकार ढोडरी नेपाल पत्रकार महासंघ मकवानपुरका कार्य समितिका पूर्व सदस्य हुन् । हाल साझापोष्टमा बरिष्ठ संवादाताको भूमिकामा रहेका ढोडरीसंग विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

उनले यसअघि गोरखापत्र देनिक, हिमालयन टिभी, हेटौंडा एफएम, मकवानपुर पोष्ट दैनिक, सम्बृद्ध समाज दैनिक, रेडियो आकाशगंग, प्रतिक दैनिक, कृपा दैनिक, लोकतन्त्र सन्देश, खबरमोर्चा साप्ताहिक लगायतका पत्रिकामा रिपोर्टिङ तथा सम्पादनको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*