हेटौडा एफएम १४ औ वर्षमा प्रवेश
हेटौडा – हेटौंडा एफएमले आफ्नो प्रशारणको १४ औँ वर्ष पूरा गरेको छ । मकवानपुरको लोकप्रिय सञ्चारमाद्यमको रुपमा आफ्नो पहिचान बनाएको एफएमले समाचारमूलक तथा मनोरञ्जनात्मक कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ ।
०६२ सालको जनआन्दोलन पश्चात स्थापन भएको एफएम हाल भैरवडाडावाट रिले प्रशारण समेत गरिरहेको छ । एफएमको १४ औ वार्षिकोत्सव समारोह आज प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मकवानपुरमा रेडियोको माद्यमबाट आम जनता सूचित गराउने तथा मनोरञ्जन दिने काममा एफएमको भूमिका निकै प्रभावकारी रहेको छ ।
भुकम्पजस्ता दैवी प्रकोपको समयमा पनि हेटौंडा एफएमले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।