माओवादीको बन्दको प्रभाब हेटौडामा न्यून, सबारीसाधन निर्बाध संचालन

तामसालिङ खबर
२३ बैशाख २०७६, सोमबार १०:२५

हेटौडा – नेपाल कम्युनिष्ट पार्टी माओवादीले आव्हान गरेको बन्दको प्रभाब हेटौडामा न्युन देखिएको छ । मकवानपुरको हेटौँडामा विहानैबाट सबारीसाधन चलेका छन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता सागर राणाले बन्दको प्रभाव सामान्य रहेको र हालसम्म कुनैपनि अप्रिय घटना नघटेको बताएका छन् ।

मध्य केन्द्रिय कमाण्डका इन्चार्ज सगुनले गत वैशाख १९ गते जारी गरिएको विज्ञप्तीमा देशैभर बन्द गरिने, प्रदेश ३ र ४ मा पनि बन्दको प्रभाव रहने उल्लेख थियो ।

जनतमाथि गरिएको चरम दमन, प्रतिबन्ध र जनताका जनजीवीका राष्ट्रियता र दलाल सरकारको क्रियाकलाप विरुद्ध बन्दको आह्वान गरिएको बिज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*