डिजेल र पेट्रोलको मूल्य वृद्धि
काठमाडौं – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । बिहिबार रातिबाट लागु भएको पेट्रोलमा १ रुपैयाँ ५० पैसा, डिजेल र मटितेलमा १/१ रुपैयाँ वृद्धि भएको छ ।
पेट्रोलमा १ सय ११ रुपैयाँ ५० पैसा पुर्याइएको छ । डिजेल र मट्टितेलको मूल्य ९८ रुपैयाँ कायम भएको निगमका प्रवक्ता विरेन्द्र गाइतले जानकारी दिनुभयो ।
वैशाख १८ गते भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूची अनुसार मूल्य वृद्धि गर्नु परेको निगमका प्रवक्ता गोइतले बताए । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ ।