नेपालमा बर्डफ्लुको कारण एक युवकको मृत्यु

तामसालिङ खबर
१९ बैशाख २०७६, बिहीबार १२:५७

काठमाडौं– कुखुरामा देखिने गरेको बर्ड फ्लु भाइरस नेपालमा पहिलो पटक मानिसमा देखिएको छ । बर्ड फ्लुका कारण एक जनाको ज्यान गएको छ । २१ वर्षीय एक युवकको बर्ड फ्लु (एच फाइभ एन वान) को कारण मृत्यु भएको हो ।

नेपालमा मानिसमा बर्ड फ्लु पुष्टि भएको यो पहिलो घटना हो । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सचिव डा पुष्पा चौधरीले ‘अप्रत्यासित घटना भएको’ बताइन्। ती युवकको बर्ड फ्लुबाट मृत्यु भएको पुष्टि यही मंगलबार भएको हो।

उनको मृत्युपछि प्रयोगशालामा परीक्षणका लागि र्‍याल जापान पठाइएको थियो । जापानबाट आएको रिपोर्टमा बर्ड फ्लू (एचफाइबएनवान) बाटै उनको मृत्यु भएको पुष्टि भएको हो।

विश्वमा हालसम्म आठ सय ६० जनामा मात्रै बर्ड फ्लु देखिएको छ। कुखुरामा पटक पटक देखिएको बर्ड फ्लु नेपालमा पहिलोपटक मानिसमा पनि देखिएपछि सतर्कता अपनाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*