असार भित्र सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्याइसक्ने
काठमाडौ – चालू आर्थिक वर्षको आठ महिनामै थप सय स्थानीय तहमा वाणिज्य बैंकले शाखा खोलेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । हालसम्म ७ सय २४ तहमा बैंकका शाखा पुगिसकेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए ।
राष्ट्र बैंकले आगामी असारसम्म सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुर्याइसक्ने जनाएको छ । सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेपछि वित्तीय पँहुच तथा समावेशिता वृद्धि, बैंकको बजार विस्तार, स्थानीय विकास, औपचारिक अर्थतन्त्रको विकास र सरकारको राजस्वसमेत वृद्धि गर्न सहयोग पुग्नेछ ।
सरकारले चलाएको ‘सबै नेपालीको बैंक खाता’ कार्यक्रमलाई समेत यसले सघाउनेछ ।