लुम्बिनी भ्रमण बर्ष सफल पार्न प्रदेश ३ को पूर्ण सहयोग रहने – मन्त्री नेपाल
हेटौडा – लुम्बिनी भ्रमण बर्ष सफल बनाउन तिन नम्बर प्रदेशको पूर्ण रुपमा साथ सहयोग रहने तिन नम्बर प्रदेशका उद्योग वन पर्यटन तथा वातावरणमन्त्री अरुण नेपालले बताउनु भयो ।
‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं’ भन्ने मुल नाराका साथ हुन लागेको लुम्बिनी भ्रमण वर्ष २०७६ मनाउने सन्दर्भमा बुधबार तिन नम्बर प्रदेशको राजधानी हेटौंडामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री नेपालले हामी सबै नेपालीको लागि गर्वको विषय रहेकोले सबैले मिलेर सफल पार्नु पर्ने बताए ।
नेपाल सरकारले २०२० मा भिजिट नेपालको बर्षका रुपमा सफल बनाउनको लागि लुम्बिनी भ्रमण बर्षले धार्मिक पर्यटकीय, सास्कृतिक पुरातात्विक संगै ऐतिहासिक महत्वका स्थानहरुहरुको पहिचान गरि संरक्षण र सम्बर्द्धन गर्ने उद्येश्यले बुद्धको जन्म जयन्ति जेष्ठ ४ गतेको दिन औपचारिक रुपमा लुम्बिनी भ्रमण शुभारम्भ हुने प्रचारप्रसार समितिको संयोजक भरत केसीले बताउनु भयो ।
३ करोड ६० लाखको बजेटमा सुरु गरिएको भ्रमण बर्षको अभियान जेष्ठ ४ गते देखि २०७७ सालको चैत्र पूर्णिमा सम्मको अवधीलाई भ्रमण वर्षको रुपमा मनाइने संयोजक केसीले बताए ।
लुम्बिनी भ्रमण वर्ष २०७६ सफल बनाउन सातै वटा प्रदेशको राजधानी लगायत प्रमुख शहरहरुमा पुगी लुम्बिनी घुम्न आउन ५ नम्बर प्रदेश सरकारले निम्तो दिएको छ ।