अभिव्यक्ति स्वतन्त्रता माग गर्दै हेटौडामा र्याली
हेटौंडा – नेपाल पत्रकार महासंघको संघिय सर्कुलर अनुसार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका माग गर्दै तिन नम्बर प्रदेशको राजधानी हेटौंडामा आज पत्रकारहरुले र्याली गरेको छ ।
नेप्रेस स्वतन्त्रता सुनिश्चितताको लागि ऐक्यबद्धता लेखिएको व्यानर सहित पत्रकार महासंघ तिन नम्बर प्रदेशको आयोजनामा बुधबार विहान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चितताको लागि एक्यबद्धता र्याली निकालिएको हो ।
एक्यबद्धता र्यालीलाइ सम्बोधन गर्दै तिन नम्बर प्रदेशको पत्रकार महासंघका अध्यक्ष प्रताप विष्टले समाचार लेखेकै कारण पत्रकार पक्राउ पर्न नहुने भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी राज्यले गर्नुपर्ने बताएका थिए ।
आफूहरुको माग पूरा नभएसम्म चरणबद्ध आन्दोलनमा होमिने उनको भनाइ छ । र्याली हेटौंडाको सीमाचोकबाट बुद्धचोक, उद्योग बाणिज्य सघ हुदै पुन: सिमाचोकमा पुगेर सभामा परिणत भएको थियो ।