ट्रकको ठक्करले एक बिद्यार्थीको मृत्युपछि लम्कीमा तनाव
कैलाली – कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक विद्यार्थीको घटनास्थलमै मृत्युको बिषयले उग्ररुप लिएपछि कैलालीको लम्कीमा प्रहरी रबरको गोली र हवाई फायर गरेको छ।
लम्की बहुमुखि क्याम्पसमा विएड प्रथम बर्षमा अध्यनरत अन्दाजी १९ बर्षिया सुनिता रावल क्याम्पसबाट फर्किने क्रममा ट्रकले ब्याकगरेर किचेपछि मृत्यु भएको थियो ।
ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिदा सडकमै ढलेकी रावललाइ चालकले गाडी रोकेर ब्याक गरेर किचेको प्रत्यक्षदर्शीले बताएका छन । घटनापछि लम्की बजार तनाव ग्रस्त बनेको छ ।
आक्रोसित विद्यार्थी र स्थानीयले ठक्कर दिने ट्रकलाई जलाउने प्रयास गरी सडकमा टायर जलाएर प्रर्दशनमा उत्रीएपछि कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले प्रदर्शनकारीलाई तितरवितर पार्न केही सेल अश्रुग्यास प्रहार गरिएको बताए ।
उनले स्थिति नियन्त्रण बाहिर जान नदिन व्यापक मात्रामा प्रहरी परिचालन गरिएकाले अवस्था नियन्त्रणमा आउने बताए ।