नेपालमा मोबाइल उत्पादनको सम्भाव्यता अध्ययन हुँदै

तामसालिङ खबर
१५ बैशाख २०७६, आईतवार ०९:१९

काठमाडौं – नेपालमा मोबाइल उत्पादन गर्ने र एसेम्बल गर्ने उद्योगको सम्भाव्यताबारे गरिएको अध्ययन अन्तिम चरणमा पुगेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणले नेपालमा मोबाइल उद्योगको बजार, मोबाइल उत्पादन गर्ने कम्पनीको लागि आवश्यक पर्ने कानुन र नीति तथा सुविधाको विश्लेषणसहित अध्ययन प्रतिवेदन बुझाउन एभरेष्ट टेलिकम सर्कल नामक कम्पनीलाई जिम्मा दिएको थियो ।

कम्पनीले सरोकारवालासँग छलफल गरिसकेको र प्रतिवेदन बुझाउने अन्तिम तयारी गरिरहेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी   दिए । –कान्तिपुर दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*