‘कम्युनिष्ट सरकारले देशलाई निकास दिन्छ’- सांसद मोक्तान
हेटौडा (मनहरी) – तिन नम्बर प्रदेशसभा सदस्य कुमारी मोक्तानले कम्युनिष्ट सरकारले नै देशलाई निकासा दिने दाबी गरेकी छिन् । दुई तिहाइको कम्युनिष्ट सरकार आएसँगै देशमा विकासको लहर सुरु भएको उनले बताईन् ।
पश्चिम मकवानपुरको मनहरीमा शनिबार सम्पन्न मनहरी गाउँपालिका स्तरीय युवा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा बोल्दै मोक्तानले यस्तोे बताएकी हुन् । देश विकासमा युवाहरुलाई अगाडी सार्नु पर्ने भन्दै मोक्तानले युवाको सहभागिता बिना कुनै पनि क्षेत्र विकास नहुने बताईन् । कार्यक्रममा बोल्दै मोक्तानले मनहरीलाई विकासको पथमा उन्मुख गर्नका लागि स्थानिय युवाहरुलाई परिचालन गर्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देल, जिल्ला सचिव प्रेमबहादुर पुलामी, एकराज उप्रेती , पुर्व सांसद एवम नेकपा मनहरी गाउँ कमिटिका संयोजकद्वय राजाराम स्याङ्तान, राजप्रसाद कालाखेती, पुर्व नेकपा माओवादी जिल्ला सचिवालय सदस्य रामहरी सुवेदी, वाइसिएल केन्द्रिय सचिव प्रकाश पाण्डे, युवासंघ पुर्व केन्द्रिय सदस्य तथा भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, युवा संघ मकवानपुरका इन्चार्ज सुनिल मोक्तान तथा मनहरी गाउँपालिका उपाध्यक्ष मनिला विष्ट लगाएतकाले मन्तव्य ब्यक्त गरेका थिए ।
युवासंघ तथा वाइसिएल मनहरी गाउँ कमिटीको आयोजनामा भएको अन्तक्रिया कार्यक्रम युवा संघ मनहरी गाउँ कमिटिका अध्यक्ष सगुन स्याङ्तानले सञ्चालन गरेका थिए । वाइसिएल मनहरीका अध्यक्ष दिपेन्द्र अधिकारीको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यक्रममा युवासंघ नेपाल मकवानपुरका सदस्य विशाल लामाले स्वागत मन्तब्य गरेका थिए ।