संघीय समाजबादी फोरमको अध्यक्षमा शुभरत्न गोले चयन
हेटौडा – संघीय समाजवादी फोरम मकवानपुर जिल्ला समन्वय समितिको अध्यक्षमा मकवानपुरका युवा नेता शुभरत्न गोले चयन भएका छन् । समितिको शनिबार भएको अधिवेशनले गोलेको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा नवराज मोक्तान र कुसुम बानियाँ, सचिवमा सुबोध घलान, सह-सचिवमा सुवास घिसिङ र कोषाध्यक्षमा देवराज स्याङ्तान चयन भएका छन् ।
समितिका सदस्यहरुमा सुसान्त श्रेष्ठ, बाबुलाल घलान, हरिबहादुर रुम्बा, गंगाराम थिङ, राजन गोले, सुमित्रा बल, विरेन्द्र गाले, राजकुमारी तामाङ, मोहन थिङ, कमान सिं गोले, श्याम परियार, ईन्द्र कुमारी मगर, देवराज घिमिरे, धनबहादुर डिम्डुङ र कपुर सुनारलाई चयन भएका छन् ।