भूकम्पको त्यो कालो दिन ४ बर्ष पुरा, पुनर्निर्माण कार्य अझै सुस्त
हेटौडा – आज बैशाख १२ गते प्राकृतिक विपत्ति विनाशकारी महाभूकम्पले मुलुकमा ठूलो क्षति पुर्याएको ४ बर्ष पुरा भएको छ । बि.स. २०७२ साल बैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको भूकम्प जाँदा ७ हजार ९ सय ४१ जनाको ज्यान गएको थियो ।
भुकम्प मापन केन्द्रका अनुसार १५ किमी माइल गहिराईमा भूकम्पको केन्द्रविन्दु थियो । विसं १९९० को महाभूकम्प पछिको यो सबैभन्दा ठुलो भूकम्प हो ।
भूकम्पले गर्दा काठमाडौं उपत्यकामा रहेका युनेस्को विश्व सम्पदा क्षेत्रका शताब्दी पुराना भवन भत्किएका थिए । अहिले ती पुर्ननिर्माणको क्रममा छन् । महाभूकम्पले धरहरासहित थुप्रै संरचना तथा आवासहरुमा ठूलो क्षति समेत पुर्याएको थियो ।
भूकम्पका कारण १० हजार ८ सय ३ सरकारी घरहरु तथा भवन पूर्णरुपमा क्षति भएका छन् । आंशिक रुपमा १५ हजार ०३४ घर तथा भवनहरु क्षति भएका छन् । सर्वसाधारणका २ लाख ९७ हजार २६६ घर पूर्ण क्षतिभएका थिए भने २ लाख ७७ हजार ५० घर आंशिक क्षति भएका थिए ।
भूकम्पले भत्काएकामध्ये आधा घर पुनर्निर्माण भएका छैनन्। भत्किएका घरको पुनर्निर्माण नहुँदा भूकम्पपीडित टहरामै छन् । सरकारले निजी आवासलाई प्राथमिकता दिएको भन्न छाडेको छैन । भूकम्प गएको चार वर्ष भइसक्दा ८ हजार ३ सय २६ परिवारले मात्रै घर निर्माण सम्पन्न प्रमाणपत्र लिएका छन् ।
सीईओ र सचिव ६/६ पटक फेरिए, ६ पटक सचिव फेरिए, सम्पदा पुनर्निर्माण काम पनि सुस्त गतिमा छ । आठ वर्षभित्र सम्पदा पुनर्निर्माण सक्ने सरकारी योजना भएपनि आधा समय बित्दासम्म झन्डै एकतिहाइ मात्र काम सकिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।
त्यस्तै बैशाख २९ गते गते गएको अर्को ६.९ को पराकम्पले पनि सामान्य बन्दै गएको जनजीवनपनि फेरि त्रसित भएको थियो । १९९० सालमा गएको भूकम्पबाट करिब १६ हजार मानिसको ज्यान गएको थियो ।