एनआईसी एशिया बैंकको ५ स्थानमा नयाँ शाखा सञ्चालन

तामसालिङ खबर
११ बैशाख २०७६, बुधबार २२:१५

काठमाडौँ – ग्रामिण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र र बारा जिल्लाको फेटामा समेत गरी ५ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

यी शाखाहरुको बुधबार औपचारिक उद्घाटन गरिएको छ । नयाँ शाखा कार्यालयहरु मध्यपुर थिमी नगरपालिका वडा नं. ६ भक्तपुरस्थित पुरानो थिमी शाखाको सोहि वडाका वडा अध्यक्ष ईन्द्र बहादुर प्रजापतिले उद्घाटन गरे ।

यस्तै, कागेश्वरी मनोहरा नगरपालिका गोठाटारस्थित गोठाटार शाखाको कृष्णहरि थापा, सूर्यविनायक नगरपालिकाको वडा नं २ बालकोट शाखाको सोही वडाका वडा अध्यक्ष कमलनाथ आचार्य, चन्द्रागिरी नगरपालिका वडा नं. ११ सतुंगलचोकस्थित सतुंगल चोक शाखाको चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी तथा बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. ३ बारा स्थित फेटा शाखाको फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले उद्घाटन गरे ।

बैंकका हाल देशभर २८१ शाखा कार्यालयहरु रहेका छन् । यस्तै बैंकले २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत पनि बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकका करिब १५ लाख ग्राहक रहेका छन् । बैंकमा प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*