बुधबार बिहानै भुकम्पको दुइपटक धक्का, धादिङको नौबिसे केन्द्रबिन्दु
हेटौडा – बुधबार बिहानै धादिङ्को नौबिसेलाई केन्द्रबिन्दु बनाएर भुकम्पको दुइ पटक सम्म ठुलै धक्का महशुस गरिएको छ । काठमाडौं उपत्यका, हेटौंडासहित देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महशुस गरिएको हो ।
भूकम्प मापन केन्द्रकाअनुसार विहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको हो । त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको छ ।
भूकम्पले हल्लाउँदा अधिकांश मानिस बाहिर निस्किएका छन् । तर भूकम्प मापन केन्द्रले भने यो दुबै पराकम्प नै भएको बताएको छ । चार वर्ष अघि १२ वैशाखमा विनाशकारी भूकम्प गएको थियो ।