बलिउडमा आर्यनको इन्ट्री, राजपालको कमेडी (ट्रेलर हेर्नुस)

तामसालिङ खबर
९ बैशाख २०७६, सोमबार १८:५९

काठमाडौ – बलिउडमा नेपाली सिने जगतका पछिल्लो समयको नायक आर्यन अधिकारी र नायिका नीता ढुंगानाको इन्ट्री भएको छ । बलिउड फिल्म ‘कड्के कमाल के’ मा आर्यन र बलिउड कलाकार राजपाल यादवको कमेडीलाई प्रशस्त देखाइएको छ ।

फिल्ममा भारतीय र नेपाली कलाकारहरुको अभिनय छ । ट्रेलरमा आर्यनको कमेडी, एक्सन र रोमान्स देख्न सकिन्छ भने नीताको केही झलक मात्रै छ । फिल्मको अधिकांश छायांकन नेपालमा गरिएको छ । फिल्ममा नेपाली गीत पनि समावेश गरिएको छ ।

फिल्ममा आर्यन, नीता, रामपालसँगै ऊषा नाडकर्णी, एञ्जल श्रेष्ठ, दया शंकर पाण्डे, विजय पाटकर, राना जंग बहादुर, राजिव निगम लगायत कलाकारको अभिनय रहेको छ ।

लक्षमण सिंहले निर्देशन गरेको फिल्मलाई ऐतवारी सिंह निर्माण गरेका हुन् । यो फिल्म मे २४ अर्थात जेठ १० गते देखि प्रदर्शन हुँदैछ ।

(ट्रेलर हेर्नुस) :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*