तिन नम्बर प्रदेशको लगानी सम्मेलन चितवनमा हुँदै
चितवन – तिन नम्बर प्रदेशको लगानी सम्मेलन आजबाट चितवनमा सम्मेलन भैरहेको छ । निजी क्षेत्रलाई लगानीको आह्वान गर्न भरतपुरमा आज र भोली हुने सम्मेलनमा प्रदेशको नीति तथा योजना आयोगको आयोजनामा हुन लागेको हो ।
आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले सम्मेलनबाट प्रदेशको विकासका आधारशीला तय गरिने बताए । प्रदेशका पूर्वाधार, उद्योग, कृषि, पर्यटन, सेवा उद्योग लगायतमा लगानीका सम्भावनाबारे निजीक्षेत्रका प्रतिनिधिलाई जानकारी गराइने बताएको छ ।
आधारपत्रले प्रदेशको वार्षिक औसत आर्थिक वृद्धिदर ११ दशमलव २ प्रतिशत हुने र प्रतिव्यक्ति आय वार्षिक ४ लाख ५ हजार पुग्ने लक्ष्य लिएको छ । ५ वर्षे योजना अवधिका लागि कुल स्थिर लगानी ३२ खर्ब ३७ अर्ब आवश्यक हुने आधारपत्रको प्रक्षेपण छ । कुल लगानीमध्ये ६२ प्रतिशत निजी क्षेत्रबाट हुने अनुमान गरिएको छ ।
प्रदेशका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जगन्नाथ थपलियाले निर्यातमुखी र सबल अर्थतन्त्र निर्माणमा दुईदिने सम्मेलन फलदायी हुने विश्वास ब्यक्त गरे । सम्मेलनको पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको बताएको छ ।