हेटौडामा मोबाइल चोरको बिगबिगी, अस्पतालमा फेरि मोबाईल चोरी

संचारकर्मी लामाको मोबाइल अझै गायब
तामसालिङ खबर
५ बैशाख २०७६, बिहीबार १०:१०

हेटौडा । मकवानपुरको हेटौँडा अस्पतालमा बिरामी तथा बिरामी कुरुवाको मोबाईल र नगद चोरी हुने क्रम बढेको छ । पछिल्लो पटक हेटौँडा अस्पतालमा रहेको इमेरजेन्सी सेवा अन्तर्गत बेड नंबर १५१ तथा १५२ मा रहेका बिरामीको चार थान मोवाईल तथा नगद १० हजार चोरी भएको छ ।

गएराती वेड नंबर १५१ मा रहेकी विमला सापकोटाको दुई वटा एम आई मोवाईल तथा १० हजार नगद तथा १५२ नंबरको बेडमा रहेका पर्वतका गिरिजा पौडेलको र उनको साथीको दुईवटा मोवाईल चोरी भएको हो । मोवाईल चोरी भएपछि अस्पताल प्रशासन तथा प्रहरीलाई खबर गरिसकिएको छ ।

हेटौँडा अस्पतालबाट बिरामी तथा बिरामी कुरुवाको मोबाईल हराएको यो पहिलो घटना भने होईन । मकवानपुरका अनलाईन माध्यमसम्म खबर नपुगेता पनि हेटौँडा अस्पतालमा हुने यस्ता घटनाका कारण बिरामी र बिरामी कुरुवाहरु आजित समेत भएका छन् । गत वर्षको जेठ महिनाको ६ गते हेटौँडा अस्पतालबाट मकवानपुरे सञ्चारकर्मी दिलबहादुर लामाको पनि मोबाईल वार्डबाटै चोरी भयो ।

बुवा बिरामी भएपछि वार्डमा कुरुवा बसेका उनी बिहानीपख एकैछिन् निदाएकै बेला उनको मोबाईल चोरी भयो । चार्जमा राखेको मोबाईल चोरी भएपछि उनी मोबाईलको आइएमआई नम्बर सहित जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सूचना समेत दिन गए । तर आज एक वर्ष हुँदा सम्म उनको मोबाईलको अत्तोपत्तो छैन ।

त्यस समयमा उनले आफैले पनि मोबाईल खोज्ने प्रयास गरे । मोबाईल बिरगञ्ज क्षेत्रबाट बोर्डर पास हुने तरखरमा रहेको पनि उनले थाहा पाए । तर चोरको सञ्जाल कस्तो छ ? उनलाई थाहा थिएन । आफै गएर मोबाईल खोज्दा ज्यानको समेत जोखिम हुने देखिएपछि उनले बिरगञ्ज क्षेत्रमा आफ्नो मोबाईल पुगेको कुरा प्रहरीलाई खबर गरे । प्रहरीले प्रक्रिया चाल्ने समेत आस्वाशन दिए ।

लामाका अनुसार मोबाईल चोर्ने गिरोह नै सक्रिय छ । उनीहरुले अस्पताललाई समेत टार्गेट गर्ने गरेको शंका उनले गरेका छन् । साथै हेटौँडामा चोरिएका मोबाईलहरु बिरगञ्ज हुँदै बोर्डर पारी पुग्ने आशंका पनि उनले गरेका छन् । हेटौँडा अस्पतालमा सो समयमा एउटा सिसिटिभी क्यामेरा भएको तर त्यो पनि चालु अवस्थामा नरहेको कारण सारै समस्या भएको उनी सम्झन्छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*