बैशाख ५ गते विप्लब समूहको नेपाल बन्द

तामसालिङ खबर
४ बैशाख २०७६, बुधबार १७:०६

काठमाडौ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बैशाख ५ गते नेपाल बन्दको घोषणा गरेको छ । विप्लव नेतृत्वको पार्टीले बैशाख ६ गतेबाट भने प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने स्थानमा समेत बन्द गर्ने घोषणा गरेको छ ।

विज्ञप्ति जारी गर्दै आगामी बैशाख ६ गतेदेखि लागू हुने गरी प्रधानमन्त्री सहभागी हुने स्थानमा बन्द गर्ने घोषणा गरेको छ । आफूहरुमाथि लगाइएको प्रतिबन्ध विरुद्ध प्रधानमन्त्री सहभागी हुने स्थानमा बन्द गर्ने सो समूहले घोषणा गरेको हो ।

सरकारले आफुहरुको कार्यक्रमलाई अंकुश लगाई दमन गर्न खोजेको बिरोध गर्दै उनिहरुले बन्द घोषणा गरेका हुन् । विप्लवले बैशाख २ गतेबाट सुरु हुने कार्यक्रमको पहिलो दिन कोण सभा, बैशाख ३ गते अन्तरकृया, बैशाख ४ गते मशाल जुलुस, बैशाख ५ गते नेपाल बन्द र बैशाख ६ गते देखी प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागी हुने देशका विभिन्न भागहरुमा बन्दको कार्यक्रमहरु आयोजना गर्ने बिज्ञप्तिमा भनिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*