संचारकर्मी मोक्तानलाइ ‘दिलको प्रस्ताब’

तामसालिङ खबर
४ बैशाख २०७६, बुधबार ०९:२३

काठमाडौ – संचारकर्मी तथा गीतकार समेत रहेको सुर्य मोक्तानको नया लोक पप गीत ‘दिलको प्रस्ताव’ को अडियो गीत नयाँ वर्ष संगै सार्वजनिक गरेको छ । यस भन्दा पहिला तामाङ भाषामा बनेको ‘बदनाम ताजी चु जिन्दगी’ र ‘राङलान गोङमा न्हेसी भ्रामा स्हुसेर खाबा तिल्दा’ गीतहरु धेरै नै मन पराई सकेको छ ।

गीतको शब्द संगीत मोक्तान आफैको रहेको गीतमा नवगायक लालध्वज मोक्तानको आवाज रहेको छ । तामाङ अनलाईन टिभिको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको अडियो गीतमा बाबु घिसिङले म्युजिक एरेञ्ज गरेका छन भने दिपेश प्रधानले मिक्सिङ गरेका छन ।

छिट्टै नै गीतको म्युजिक भिडियो बनाउने गायक लालध्वोज मोक्तानले जानकारी दिए ।

अडियो भिडियो हेर्नुस:

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*