बाग्मती नदीमा मोटर बोट संचालन

तामसालिङ खबर
४ बैशाख २०७६, बुधबार ०८:३३

रौतहट (नुनथर) – मकवानपुरको राइगाउदेखि रौतहटको नुनथर सम्म बागमति नदीमा मोटर बोट संचालमा आएको छ । सिन्धुलीको हरिहरपुरगढी, मकवानपुरको राइगाउ हुदै रौतहटको नुनथर सम्म जल यातायात सञ्चालनमा आएको छ । संघिय सांसद तथा आर्थिक समितिका सभापति कृष्ण प्रसाद दाहालले नया बर्षको शुरुवात संगै उक्त मोटरबोटको उद्धघाटन गर्नु भएको छ ।

सांसद विकास कोषमा रहेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको बीस लाख लागतमा मोटरबोट निर्माण गरिएको हो । करिब ७ किलोमिटर लामो पर्यटन जलमार्गमा मोटरबोट सञ्चालन थालिएको हो । मोटरबोटको उद्धघाटनपछि रौतहटको नुनथर क्षेत्रमा बाह्य तथा आन्तरिक पर्यटनको चाप बढ्ने स्थानियले अनुमान स्थानियले गरेका छन ।

कार्यक्रममा बागमति गाउपालिका मकवानपुरका अध्यक्ष सर्केस घलानले सिन्धुली, मकवानपुरका स्थानियलाई मोटरगाडीको यात्रामा असहज भएकोले नेपाल सरकारको निति अनुरुप नै रौतहटको नुनथरबाट सिन्धुली हुदै मकवानपुरको राइगाउसम्म नियमित मोटरबोट सञ्चालनमा ल्याउने बताउनु भएको छ ।

प्रदेश ३ का सांसद प्रेम बहादुर पुलामीले बागमतिलाई सुक्न दिन नहुने बताउदै काठमाडौको बागमति सुकेपछि मेलम्चीको पानी काठमाडौ ल्याउनु परेको बताउनुभयो । अबका दिनमा बागमतिलाई संरक्षण गर्दै रौतहटदेखि मकवानपुरको राइगाउ सम्मको जल यातायातलाई स्थायी रुपमा स्थापित गर्ने उहाले दावी गर्नु भएको छ ।

प्रधानमन्त्रि केपि शर्मा ओलीको जल यातायात निर्माण गर्ने अठोट गर्दा गिज्याउनेहरु अबको केही बर्षमा लजाउनु पर्ने गरि अहिलेको सरकारले तिब्र रुपमा विभिन्न विकास निर्माणका कामहरु सञ्चालनमा ल्याएको नेकपाका केन्द्रिय सदस्य केदार न्यौपानेले बताए ।

हाललाई एउटा मोटरबोट सञ्चालनमा ल्याएको छ भने अब केही दिन मै ५, ६ वटा ल्याइने संसद दाहालको भनाइ छ । मोटरबोट शुभारम्भ कार्यक्रममा मकवानपुरबाट प्रतिनिधीत्व गर्ने प्रदेशसभाका सांसद, गाउँपालिकाका प्रतिनिधी, प्रदेश ३ का सांसद प्रेमबहादुर पुलामी, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, बकैया गाउँपालिका उपाध्यक्ष सरला वोलखे लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*