‘दाल भात तरकारी’ मा एउटै मात्र सन्देश छ – हरिवंश आचार्य

तामसालिङ खबर
२८ चैत्र २०७५, बिहीबार २१:३६

हेटौँडा । मह संचारको ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र ‘दाल भात तरकारी’को टोली देशब्यापी प्रचारप्रसारको क्रममा हेटौंडा आइपुगेका छन् ।

चलचित्रको मुख्य खम्बाको रुपमा रहेको कलाकार हरिवंश आचार्यले आफ्नो नयाँ चलचित्र ‘दाल भात तरकारी’ मा धेरै सन्देश थुपार्ने काम नगरेको बताएका छन् । हेटौँडाको म्यापल लिफमा बिहीबार भएको पत्रकार सम्मेलनमा बोल्दै उनले चलचित्रमा एउटै मात्र सन्देश भएको र बाँकी मनोरञ्जन नै प्रमुख उदेश्य भएको बताए ।

नेपालीहरु विभिन्न देशमा नगई देशमै केही गर्न सक्ने वातावरण बनोस्, रोजगारको सृजना गर्न सकियोस भन्ने एउटा मात्र सन्देश हो’, आचार्यले भने-‘ बाँकी सबै कुरा मनारेञ्जनात्मक बनाएका छौँ ।’ चलचित्रका प्रस्तुतकर्ता समेत रहेका कलाकार किरण केसीले उक्त चलचित्र विशुद्ध नेपालको कथा भएको बताए ।

पूर्वबाट शुरु गरेको देश दौडाहा बिहिबार तिन नम्बर प्रदेशको राजधानी हेटौंडामा आइपुगेपछि पत्रकार सम्मेलन मार्फत चलचित्रको प्रस्तुतकर्ता किरण केसीले पोष्टर सार्वजानिक गरेका थिए । शुक्रबार चितवनबाट चलचित्रको ट्रेलर रिलिज गरिने केसीले बताए ।

चलचित्रका तिन गीतहरु कलाकार तथा चलचित्रका निर्देशक हरिवंश आचार्यले लेखेका र आचार्य नै प्रमुख भूमिकामा भएको समेत केसीले बताए । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, जयनन्द लामा, निरुता सिंह, प्रियंका कार्की, आचल शर्मा, पुष्पल खड्का, वर्षा राउत लगायतका अन्य कलाकारहरुको अभिनय रहेको उनले बताए । बैशाख २० गते विश्वभरि रिलिज गर्ने तयारी गरिएको चलचित्रको अन्तराष्ट्रिय राईट्स पनि बेचिसकिएको र गीतहरु पनि निकै नै भाईरल भएको उनले बताए ।

चलचित्र निर्माणका लागि २ करोडभन्दा बढी लगानी भएको निर्माण पक्षले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा चलचित्रका कलाकार शिवहरि पौड्याल, आँचल शर्मा लगायतकाले आफ्नो भनाई राखेका थिए । दाल भात तरकारीको भिजिट भिसामा बोलको गीत चर्चामा छ ।

बैशाख २० गतेको लागि रिलिज डेट तोकिएको चलचित्रको ट्रेलर शुक्रबार चितवनबाट सार्वजनिक गरिने बताएको छ । मह सञ्चारको प्रस्तुतिमा बनेको किरण केसीको ‘दाल भात तरकारी’ मा दिर्घ गुरुङको सिनेम्याटोग्राफी रहेको छ । चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । चलचित्र हरिवंश आचार्यको लेखनमा तयार भएको हो । रमिला आचार्य, नरेन्द्र कंसाकार, शिवहरी पौडेल र यमन श्रेष्ठ चलचित्रका निर्माता हुन् ।

कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष मणिराज गौतम, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी, होटेल एशोसिसन मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठ, निर्माता/ कलाकार सुशान्त कुमार श्रेष्ठ लगायत मकवानपुरका सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

भिडियो हेर्नुस:

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*