नया शैक्षिक सत्रबाट तुलसीमेहरले सस्कृत अनिवार्य पढाउने

तामसालिङ खबर
२७ चैत्र २०७५, बुधबार १८:३५

हेटौँडा –  नया शैक्षिक सत्रबाट तुलसीमेहर आवसीय माध्यमिक बिद्यालयले आधारभूत तहमा सस्कृत विषय पढाउने भएको छ ।

विद्यालयले कक्षा दुइ देखि पाँच सम्म अध्यापन गराउने बारे बुधबार हेटौँडाको न्युज क्लब नेपालमा गरेको पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका प्रधानाध्यापक रघुनाथ खरालले सस्कृतलाई अनिवार्य बिषयको रुपमा बनाउन लागिएको बताए ।

नेपालीको पहिचानका निम्ति सस्कृत भाषा महत्वपूर्ण रहेको र यो भाषाले हाम्रो सम्पूर्ण सास्कृतिक पक्षलाई समेटने मकवानपुरको निजि विद्यालयले पहिलो पटक सस्कृत भाषालाई अनिवार्य गर्न लागेको बताए ।

स्थानीय भाषाको रुपमा विकास बिस्तार गर्दै बिद्यार्थीहरुमा सस्कारी अनुशासित बनाइने प्रोफेसनल एजुकेशनल फाउण्डेसनका अध्यक्ष बद्रीनाथ शर्माले बताउनु भयो । सस्कृत भाषालाई बिकशित देशहरुले महत्वको साथमा लिन थालिसकेको भन्दै उनले सस्कृत विषय महत्वपूर्ण रहेको बताए ।

त्यस्तै, नयाँ शैक्षिक सत्रबाट विद्यालयले कक्षा २ बाट १० सम्म संगीत बिषयलाई पनि अध्यापन गराउन थालिएको बताईएको छ । विद्यालयमा १२ सय विद्यार्थीहरु मध्ये ४ सयजनाले सस्कृत विषय अध्ययन गर्ने प्रधानाध्यापक खरालले बताए ।

पत्रकार सम्मेलनमा विद्यालयका सञ्चालक आशिष श्रेष्ठ, प्रोफेस्नल एजुकेशनका सचिव हेमन्त ढुंगेल, विद्यालयका सञ्चालक पुरुषोत्तम खनाल, विद्यालयमा सस्कृत भाषा विधान आचार्य लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*