मनहरीको रुन्चेडाँडामा विश्व शान्ति महायज्ञ बुद्धबचन पाठ सम्पन्न
हेटौडा (मनहरी) – मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउपालिका वडा नम्बर ५ रुन्चेडाँडामा भएको ५ दिने विश्व शान्ति महायज्ञ तथा बुद्ध बचन (भुम) महाप्रज्ञापरामिता पाठ मंगलबार सम्पन्न भएको छ ।
तिन नम्बर प्रदेशको उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल अहिंसाबादी बौद्धधर्म चक्र संघका धर्मगुरु ‘आचार्य खेन्पो पेमा सम्भ लामा’ को आतिथ्यतामा ५ दिन सम्म भएको थियो । पुजापाठमा विश्व शान्ति महायज्ञ मूल समारोह समितिका संयोजक फुलमाया थिङको सभाध्यक्षतामा भएको थियो ।
समस्त प्राणीको उद्धार, राष्ट्रको कल्याण विश्वमा शान्ति फैलाउने उदेश्यले भगवान बुद्धको शान्ति र अहिंसा ज्ञानको माध्यमबाट निर्मुल पार्ने उद्येश्यले गरिएको कार्यक्रममा बुद्ध बचन (भुम) महाप्रज्ञापारमिता ग्रन्थ पाठ तथा विश्वशान्तिको महायज्ञ कार्यक्रम उद्घाटन गरिएको थियो । बुद्ध बचन ग्रन्थपाठ तथा मोन्लम प्रणीधान र बुद्धबचन ग्रन्थपाठ संगै साँझ पितृ मोक्षको लागि छोक म्हार्मेन (दिप प्रज्वलन) समेत गरिएको थियो ।
महायज्ञ बुद्धबचन कार्यक्रममा अग्निहोत्र आश्रमका धर्मगुरु डाक्टर सिताराम खनाल, पूर्व संविधानसभा सदस्य राजाराम स्याङ्तान, ५ नम्बर वडाअध्यक्ष शुभराज थिङ, अहिंसावादी बौद्ध धर्म चक्र संघकी केन्द्रीय उपसचिव आनी याङ्चेन डोल्मा, निवर्तमान सचिव भिक्षु डिबि तितुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ३ नम्बर प्रदेशका अनुशासन कमिटि संयोजक तथा ताम्सालिङ खबर डटकमका सम्पादक दिलबहादुर लामा, जनचेतना आधारभूति विद्यालय डिल्लीपुरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मीनबहादुर लामा, मदन आश्रित आधारभूति विद्यालयका अध्यक्ष बलराम बस्नेत, पेमा ढुप्कीलिङ गुम्बाका प्रमुख लामा लोप्साङ दोर्जे वाईबा, नेवारपानी ईलाका प्रहरी कार्यालयका सई भरत राउत, युवा समाजसेवी सुजन रुम्बा, पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन काउन्सिलका अध्यक्ष पदम तितुङ, नेपाली काँग्रेसका नेता तथा समाजसेवी नवराज उप्रेती लगायतको आतिथ्यता रहेको थियो ।
मंगलबार समापनको दिन पुजापाठ संगै विश्व शान्ति होम महायज्ञ गरि धर्मगुरुबाट औपचारिक धार्मिक प्रवचन सहित छेवाङ अभिषेक प्रदान गरिएको थियो । त्यस्तै अग्नि होत्र आश्रमको गुरुबाट पनि धार्मिक प्रवचन, अहिंसावादी कला केन्द्रबाट बुद्ध भजनकिर्तन समेत भएको थियो ।