‘खैत बुझेको’ भन्दै आइन्, गायिका निर्मला घिसिङ (भिडियो)
काठमाडौं – नेपाली लगायत तामाङ सेलो सांगीतिक क्षेत्रमा चर्चामा रहेको गायिका निर्मला घिसिङको आवाजमा रहेको ‘खै त बुझेको’ बोलको गीत सार्बजनिक भएको छ । निर्मलालाइ गायक थमन गुरुङले साथ दिएको छ ।
नेपाली चलचित्रका गीतहरुबाट लोकप्रियताको शिखर चुमिरहेका गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीतमा रहेका गीत सार्बजनिक भएको छ ।
रोमान्टीक गीत‘खैत बुजेको शीर्षकको गीतको म्युजिक भिडियो ओएस आर डीजीटलको य़ुट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
सरोज अधिकारीको छायंकन तथा निर्देशनमा तयार भयको भिडीयोमा मोडल मेलीसा खतिवडा र अनिल अधिकारीको अभिनय रहेको छ । भिम बिश्वकर्माको सम्पादन, सन्जीब रत्न शाक्यको रङ समायोजनमा भिडियो बनेको छ ।
भिडीयो हेर्नुस:
https://www.youtube.com/watch?v=hFv_8ZIQsUU