ज्ञानदिप बहुउदेश्य सहकारी सस्थाको अध्यक्षमा जिधराज ढकाल निर्बाचित

तामसालिङ खबर
२३ चैत्र २०७५, शनिबार २३:४०

हेटौडा– मकवानपुरको सस्थागत बिद्यालयहरुको प्रत्येक बर्ष उत्कृष्ट नतिजा ल्याउने जीएस निकेतन विद्यालयको सस्था ज्ञानदिप बहुउदेश्य सहकारी सस्थाको अध्यक्षमा जिद्यराज ढकाल निर्वाचित भएका छन् । उनले १४२ मत प्राप्त गर्दा अन्य अध्यक्षका अध्यक्षका अर्का उम्मेदवार जनकराज पन्तले हरि पौडेलले १३-१३ मत प्राप्त गरे ।

त्यस्तै, उपाध्यक्षमा गोविन्दप्रसाद चौंलागाईले १ सय ५२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नन्दलाल लामाले ११ मत प्राप्त गरे । सचिवमा दीपक खड्काले १ सय ४७ मत प्राप्त गरे भने राजन दाहाल खुसराजले २० मत प्राप्त गरे । खुसराजले पनि निर्वाचन बहिस्कार गरेका थिए । तरपनि उनको पक्षमा २० मत आएको थियो ।

यसै गरि, सञ्चालक समिति सदस्यहरुमा लक्ष्मी दुलाल १२८, रमिला सापकोटा १३७ दिनेश लम्साल १३८, खेमराज लामिछाने १३८, अनिल बाँनीया (१४१), विष्णुप्रसाद दाहाल (१३७) र बासुदेब रिजाल (१४०) मत प्राप्त गर्दै विजयी बने ।

लेखा समिति संयोजक रामप्रसाद गजुरेल १४३ मत प्राप्त गर्दै विजयी बन्दा सदस्यहरुमा राजकुमार गोतमे १२९, राजु अर्याल १३५ मत प्राप्त गर्दै विजयी बनेको निर्वाचन अधिकृत मदन दाहालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*