नेपाल भारत विश्व मैत्री संघको नया बर्ष शुभकामना आदानप्रदान
हेटौंडा – नेपाल भारत विश्व मैत्री संघ नेपालको आउदै गरेको नया वर्ष २०७६ सालको शूभकामना आदनप्रदान सहित चियापान कार्यक्रम शनिबार हेटौडामा सम्पन्न गरेको छ । संघको गठन पश्चात पहिलो कार्यक्रम स्वरुप हेटौडामा चियापान सहित नया बर्षको शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।
नेपाल भारत एकै परिवारका सदस्य सदियौंं देखि नै बाहिर देखेको जस्तो भित्र तेस्तो सम्भावना रहेका कार्यक्रमको प्रमुख अतिथि भारतिय महावाणिज्य दूतावास बिरगंजका महावाण्ज्यि दूत बिसी प्रधानले बताउनु भयो । नेपाल भारत वास्तवमै रोटी बेटीको सम्वन्ध रहेको उनको भनाई थियो । नेपाल र भारतको सम्बन्ध आज देखी नभई पहिले देखी नै चलिआएको हुदा दुवै तर्फका अधिकांश पर्वहरुमा समेत समानता देखिएको जिकिर गरे ।
कार्यक्रममा बोल्दै प्रधानले मिलेसम्म हेटौंडामा अ-आफ्ना कल्चर कार्यक्रमहरुको आयोजना गर्ने ईच्छा व्यक्त गरे । नेपालमा दियो पर्यटनको सम्भावना रहेकोले यदि सो क्षेत्रमा कसैले लगानी गर्न चाहेमा आफुहरुले पनि सहकार्य गर्ने बताए । दूत प्रधानले नेपालमा रेल सेवा, जलविधुत, पानि जहाजको विषयमा भईरहेको कामको बारेमा व्याख्या गरेका थिए । बेला बखत नेपालको राजनैतिक उतरचढावको कारण नेपालको सोचे अनरुपको बिकाश नभएता पनि उल्लेखनिय बिकास र बहुआयमको आयोजनाका कामहरु भने हाल तिव्ररुपमा भईरहेको उनको भनाई थियो ।
कार्यक्रममा भारतिय दूतावासका महावणिज्य दूत काउन्सिलर डिसी प्रधान संगै पूर्वसभासद अनन्त पौडेल, हेटौडा अस्पताल बिकास समितीका अध्यक्ष प्रकाश पौडेल, उद्योग संघ मकवानपूरका अध्यक्ष नवराज न्यौपाने उपभोक्ता मंन्च मकवानपूरका अध्यक्ष कूमार पौडेल, ज्योतिश पुरुषोतम दुवे, लायन्स शम्भु नकर्मी, नेपाली काग्रेस मकवानपूर सदस्य शूशान्त श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । संघका वरिष्ठ उपाध्यक्ष पदमराज जोशीको सभाअध्यक्षतामा भएको कार्यक्रम भएको थियो ।