हावाहुरी पिडितलाई नेपाली कांग्रेस मकवानपूरको सहयोग
बारा– तिन नम्बर प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बहादुर बानियाले हावाहुरीबाट प्रभावित दुइ सय परिवारलाइ वितरण गरिएको छ । बाराको पचरौता नगरपालिकामा वडा नम्बर २ को बैरिया, वडा नम्बर ७ को बेनौली, स्वर्ण गाउँपालिका ४ को हर्दिया र देउताल गाउँपालिकाको वडा नम्बर ७ को रामपूर्वाका २ सय घरधुरीलाई राहात सामाग्री वितरण गरिएको छ ।
नेपाली कांग्रेस तिन नम्बर प्रदेश संसदीय दल र नेपाली काँग्रेस जिल्ला कार्यसमिति मकवानपुरको संयुक्त सहयोगमा करिब ७ लाख बराबरको राहात सामाग्री संकलन गरि शुक्रबार वितरण गरिएको पत्रकार सुजन विडारीले जानकारी दिए ।
राहत सामाग्रीहरुमा प्रत्येक एउटा परिवारलाई त्रिपाल, चामल एक बोरा, सुत्ने म्याट, भाँडा, बाल्टी, लुगाधुने र नुहाउने साबुन लगाएत १० प्रकारका सामाग्रीहरु वितरण गरिएको छ । नेपाली कांग्रेस तिन नम्बर प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा राहात सामाग्री वितरण गरिएको थियो ।
कार्यक्रममा पूर्वभौतिक राज्यमन्त्री कलावती पासवान, कांग्रेसबाट बाराका प्रदेशसभा सदस्यका उम्मेदवार मणिभुषण कुमार यादव, पचरौता नगरपालिका ७ का वडा अध्यक्ष दिनानाथ सहनी, पचरौता नगरपालिकाका मेयरका प्रत्यासी किशोरीप्रसाद यादव, स्वर्ण गाउँपालिका प्रमुखका उम्मेदवार राजेश यादव, देउताल गाउँपालिका प्रमुखका उम्मेदवार हरिलाल यादव, नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य सुनिल अधिकारीलगायतको उपस्थिति रहेको थियोे ।