चितवनमा एउटै परिवारको तिन जनाले गरे आत्महत्या
चितवन । एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १८ शशिनगरमा आमा, छोरा र छोरीले सलको पासो लगाई आत्महत्या गरेका हुन् ।
अन्दाजी ३५ वर्षकी आमा माया आलेमगर, १५ वर्षकी छोरी विनिता आले र १३ वर्षका छोरा विवेश आलेले पासो लगाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी दुर्गाराज रेग्मीले बताए ।
उनीहरुले राति करिब १ बजेको समयमा आत्महत्या गरेको प्रहरीले अनुमान गरेको छ । प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अध्ययन गरिसकेको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ ।
मृतक मायाका श्रीमान नरबहादुर आले मगर नेपाली सेनामा कार्यरत छन् । उनीहरु करिब आठ वर्षअघि तनँहुको घुमाउनेबाट बसाई सरी चितवन आएका थिए । आमाले नै छोराछोरीलाई झुण्ड्याएर आफूले पनि झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीन्दाको आशंका छ ।