वाणिज्य बैंकमा जागिर खुल्यो (सूचनासहित)
काठमाडौ- राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पाँच पदका लागि कर्मचारी आवश्यक रहेको सूचना जारी गरेको छ । राष्ट्रिय वाणिज्य बैंकको अवकाश कोषका लागि करार सेवामा पदपूर्ति गर्नका लागि बिहीबार उप प्रशासक, अधिकृत र वरिष्ठ सहायक पदका लागि आवेदन खुल्ला गरेको हो ।
इच्छुक व्यक्तिले सूचना जारी भएको ३५ दिन भित्र आवश्यक कागजात सहित सम्पर्कमा आउन भनेको छ । बैंकले सूचना जारी गर्दै २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने भनेको छ ।
सूचना हेर्नुस: