बिद्यालय स्तरउन्नतिको लागि बिश्वशान्ती पुजा शुरु
हेटौडा(बकैया) : पुर्बी मकवानपुरको बकैया गाउपालिका ५ स्थित प्रभात माध्यमिक बिद्यालयले आयोजना गरेको विश्वशान्ती पुजा आज (बिहिबार) बाट सुरु भएको छ ।
शैक्षिक विकासको लागि बिद्यालयको भौतिक पुर्वाधार तथा कम्प्युटर ल्याब तथा शिक्षा सामग्रीको अभिबृधिको लागि बिश्व शान्ती पुजा आयोजना गरिएको हो ।
२०३४ सालमा स्थापित बिद्यालयमा ९० प्रतिशत तामाङ समुदायका बिद्यार्थीहरुले अध्ययन गर्दछन । बौद्ध धर्मगुरु खेन रिम्पोछे गेसे ङिमा तामाङद्वारा विश्व शान्ती तथा बौद्ध धर्मको नेपाली भाषामा प्रबचन गरिरहेका छन ।
३ दिनसम्म चल्ने पुजाको मकवानपुर निर्वाचन क्षेत्र न १ प्रतिनिधि सभाका माननीय साम्सद कृष्णप्रसाद दाहालले उदघाटन गर्नुभएको थियो । बिद्यालयको भौतिक र शैक्षिक संरक्षण गर्नु आफ्नो भुमिका रहेको बताउदै बिद्यालयको विकासको लागि आफ्नो आर्थिक र सामाजिक सहयोग गर्ने बताउनु भयो ।
मुल समारोह समितीका अध्यक्ष शेरमान घलानको सभाध्याक्षतामा भएको विशेष समारोहमा बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष देवजित जिम्बा लगायत शिक्षाबिद तथा स्थानीय समाजसेबी बुद्धिजिबीहरुले शुभकामना दिएका थिए ।
विश्व शान्तिको कामना सहित गरिने पुजाले बिध्यालयको गुणस्तर सुधारमा टेवा पुग्ने बताइएको छ । ५० लाखको आर्थिक संकलन हुने अपेक्षा गरिएको पुजामा मकवानपुरमा रहेका र अन्य प्रदेश, प्रतिनिधिसभाका १० भन्दा बढी सांसदहरुलाइ सहभागी गराइने कार्यक्रम रहेको बिध्यालयका प्रध्यानाध्यापक सोमप्रसाद गौतमले जानकारी दिनुभयो ।
बृहत झाकी र्याली सहित उदघाटन गरिएको पुजामा विविध सास्कृतिक कार्यक्रम समेत रहेको छ । विश्वशान्ति पुजा २० गते सम्म चल्ने छ ।
यस्तै, बिशेष पुजामा माननीय सांसद नेपाली कांग्रेस जिल्ला अध्यक्ष इन्द्रबहादुर बानियाद्वारा ५० हजार, नेपाली काङ्रेस जिल्ला सदस्य गोपिलाल बिकद्वारा १० हजार, धन थापा तथा स्थानिय मानबहादुर गोलेले ५/५ हजार सहयोग गरेका छ्न । बिहिबार नै १ लाख भन्दा बढि संकलन भएको आर्थिक समितिले जानकारी दिएको छ ।