मनहरीको प्रतापपुर रमौलीलाई पर्यटकीय स्थल बनाउन विशेष पहल गर्छुः सांसद बानियाँ
२०७४ चैत १ बिहीबार प्रकाशित
हेटौडा (मनहरी) : प्रदेश सांसद एबम ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको रमौली प्रतापपुरलाई मकवानपुरको नमूना पर्यटकीय क्षेत्र बनाउन विशेष पहल गर्ने बताउनुभएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघ पश्चिमी क्षेत्र समितिको छैठौ वार्षिक सभामा बिहिबार बोल्दै प्रमूख अतिथि नेता बानियाँले चितवनको सौराहमा जस्तै रमौली प्रतापपुरलाई पनि मकवानपुरको नमूना पर्यटकीय क्षेत्र बनाउन आफू लागिपर्ने र यस कार्य सफल बनाउन निजी क्षेत्रका संघसस्थाहरु र स्थानीयको विशेष साथ सहयोग चाहिने बताउनुभयो ।
मउवासंघ पश्चिमी क्षेत्र समितिका सभापति गोविन्दप्रसाद रिजालको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अतिथि बानियाँ, विशिष्ठ अतिथिहरु मनहरि गाउँपालिका अध्यक्ष एकराज उप्रेती, मउवासंघका केन्द्रीय सदस्यद्वय अरुणराज सुमार्गी र राजकुमार न्यौपाने, जिल्ला अध्यक्ष कृष्ण कटवाल, पश्चिमी क्षेत्रका बरिष्ठ उपाध्यक्ष नारायण सुवेदी लगायतले मतब्य ब्यक्त गर्नु भयो ।
कार्यक्रममा मनहरिमा सिसि क्यामेरा जडान गरी शान्ति सुरक्षा कायम गरेकोमा ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक चित्र घले, मउवासंघ पश्चिमी क्षेत्रलाई भवन निर्माण गर्न जग्गा दिने दाताद्वय रामचन्द्र बर्तौला र नारायण सुवेदीलाई सम्मान गरिएको थियो ।
साधारणसभामा मकवानपुर उद्योग वाणिज्य संघका महासचिव प्रमोदसिं रानाभाट, सचिव/प्रवक्ता काब्यमणी अधिकारी, बस्तुगत उपाध्यक्ष रामप्रसाद न्यौपाने, उद्योग सचिव सन्तोष अर्याल, महिला उद्यमी सभापति निलम बैद्य, सशस्त्र प्रहरीका होमबहादुर रिमाल लगायतको उपस्थिति रहेको थियो ।