राक्सिराङमा बालविवाह बिरुद्ध सचेतना कार्यक्रम

तामसालिङ खबर
८ फाल्गुन २०८१, बिहीबार २१:४८

राक्सिराङ । राक्सिराङमा बालविवाहको उच्च जोखिममा रहने किशोर किशोरीलाई लक्षित गरी बालविवाह बिरुद्ध सचेतना कार्यक्रम गरिएको छ । राक्सिराङ गाउँपालिका वडा नं. ३ मा रहेको सुर्योदय माविमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुका लागि बालविवाह विरुद्धको सचेतना कार्यक्रम गरिएको हो ।

मनहरीमा रहेको रेइवा इन्टरनेशनल एकेडेमीको सहयोगमा राक्सिराङबाट प्रकाशित हुदैँ आएको राक्सिराङ साप्ताहिक पत्रिकाले कार्यक्रम आयोजना गरेको हो । बालविवाह न्युनिकरणमा सहयोग पुर्याउने उद्धेश्यका साथ कार्यक्रम सञ्चालन गरिएको राक्सिराङ साप्ताहिकका प्रकाशक तथा सम्पादक ज्ञानेन्द्र तामाङले बताउनुभयो । उहाँले राक्सिराङका विभिन्न विद्यालयमा पुगेर सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

कार्यक्रममा पत्रकार तथा अधिकारकर्मी शिवकुमार रिजालले बालविवाहले समाजिक तथा मानसिक रुपमा पुर्याउने असर तथा यसका कानुनी जटिलताहरुबारे सहजीकरण गर्नुभएको थियो । सहभागी विद्यार्थीहरुले बालविवाह नगर्ने र नगराउन भुमिका खेल्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा राक्सिराङ–३ का वडा सचिव इन्द्र बहादुर जिरेल, विद्यालयका सहायक प्रधनाध्यापक सुरेन्द्र लामा, पत्रकार जयराम मुक्तान, रेइवा इन्टरनेशनल एकेडेमीका प्रमुख गोकर्ण अर्याललगायतको सहभागीता रहेको थियो ।

रेइवाले समाजिक उत्तरदायित्वअन्र्गत सचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको अर्यालले बताउनुभयो । उहाँले मनहरी तथा चितवनका विभिन्न विद्यालयमा लागुपदार्थ दुव्र्यसन बिरुद्धका कार्यक्रमहरु पनि सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

रेइवाले उच्च शिक्षाका लागि जापान जान चाहने विद्यार्थीहरुलाई सेवा प्रदान गर्दै आएको छ । मनहरीमा शाखा कार्यालय रहेको रेइवाको चितवनको भण्डारा, पर्सा र खोलेसिमलमा पनि शाखा कार्यालयहरु रहेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*