नेपाल तामाङ संघ मकवानपुरको अध्यक्षमा मोक्तान
हेटौंडा । २६पौष/ “राष्ट्रियता लोकतन्त्र समाजवाद तामाङ एकता” नेपाल तामाङ संघ जिल्ला कार्यसमिति मकवानपुरको दोस्रो जिल्ला अधिवेशन बाट हरी बहादुर मोक्तान अध्यक्षमा चयन भएका हुन ।
त्यसै गरी उपाध्यक्षमा गान्धी घलान, अशोक डिम्डुङ सचिवमा बगान सिंग थिङ्ग, लुकमणी थिङ्ग सहीत १७ कार्यसमिति सदस्य समिति गठन गरिएको हो ।
अधिवेशन शुक्रबार हेटौंडा-१३ पदमपोखरी स्थित पदमपोखरी पाटीप्यालेसमा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल तामाङ संघ जिल्ला मकवानपुर अध्यक्ष हरी बहादुर मोक्तानको सभाध्यक्षमा प्रमुख अतिथि बागमती प्रदेश मुख्यमन्त्री बहादुर सिंह लामा, विशिष्ट अतिथि नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामा लगायत अन्यको आतिथ्यता रहेको थियो ।