मकवानपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको संगठन बिस्तार
हेटौंडा । अखिल क्रान्तिकारी मकवानपुर बहुमुखी क्याम्पस समितिको संगठन बिस्तार अभियान अन्तर्गत स्नातक तह प्रथम बर्ष अङ्ग्रेजी र नेपाली मिडियमका पाँच वटेै सेक्सनमा कमिटी गठन गरियो
अङ्ग्रेजी मिडियम अन्तरगत सेक्सन ‘ए’मा निस्चल श्रेष्ठको अध्यक्षतामा सेक्सन ‘बि’मा जितेन्द्र शाह र सेक्सन ‘सि’ मा मानवी श्रेष्ठ को अध्यक्षतामा कमिटी गठन गरिएको हो ।
त्यसैगरि बिबिएस नेपाली मिडियम अन्तरगत सेक्सन ‘ए’मा रितिका घिमिरे र सेक्सन ‘बि’मा मनिषकुमार चोैधरीको अध्यक्षतामा समिति गठन गरिएको अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस कमिटीका वरिष्ठ उपाध्यक्ष तथा संगठन बिस्तार प्रमुख सुजन सिलवाल क्षेत्रीले जानकारी दिए ।
अखिल क्रान्तिकारी मकवानपुर बहुमुखी क्याम्पसका वरिष्ठ उपाध्यक्ष एवम् संगठन बिस्तार प्रमुख सुजन सिलवालको नेतृत्वमा संगठन बिस्तार अभियान अन्तरगतको कमिटी गठन कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रिय आयोजक समिति सदस्य झलक छत्कुली, अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला अध्यक्ष बुद्धराज अर्याल, सचिब छोइसाङ लामा, मकवानपुर क्याम्पस कमिटी अध्यक्ष अभ्युदय खनाल लगायतको उपस्थिति थियो ।