अनिल अग्रवाल व्यवसायीहरू सामु मत माग्दैं पुगे घरदैलोमा

तामसालिङ खबर
३ पुष २०८१, बुधबार २०:५२

हेटौँडा । हेटौंडा, मकवानपुर उद्योग बाणिज्य संघको निर्वाचन नजिकिएसँगै अध्यक्ष पदका उम्मेदवार अनिल अग्रवाल नेतृत्वको समूह व्यवसायीको टोली आज बुधबार पल्पसा,ओम भवन, कान्तिलोकपथ मुख्य मार्गका बजार क्षेत्रका मतदातासमक्ष पुगेका छन् ।

व्यवसायीहरूसँग अध्यक्षका पदका उम्मेदवार अनिल अग्रवाल र उहाँको टिमले व्यापारिक समस्या र सुधारका सम्भावनाहरूको विषयमा गहन छलफल गरेका छन् । यस अन्तरक्रियामा व्यवसायीहरूले भौतिक पूर्वाधारको कमि, ट्राफिक व्यवस्थापनको अभाव, कर प्रणालीको जटिलता, र बजार व्यवस्थापनमा देखिएका चुनौतीहरूको विषयमा आफ्नो धारणा राखेका थिए ।

अग्रवालले व्यवसायीहरुको कुरा ध्यानपूर्वक सुन्दै आफू व्यवसायी मैत्री संरचना निर्माण गर्न कटिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “व्यवसायलाई सुदृढ बनाउँदै आर्थिक गतिविधिलाई प्रोत्साहन गर्न, म तपाईहरुसँगै स्थायी समाधानका लागि प्रतिबद्ध रहेको बताए ।”

उक्त कार्यक्रममा अनिल अग्रवालको टिमले सार्वजनिक स्थानहरूको सुधार, प्रभावकारी ट्राफिक व्यवस्थापन, र कर प्रणालीलाई व्यवसायमैत्री बनाउने रणनीतिक योजनाहरू प्रस्तुत गरेर व्यवसायीहरूलाई व्यावसायिक सञ्जाल विस्तार र आर्थिक वृद्धि सुनिश्चित गर्न आवश्यक पहलका लागि समेत प्रोत्साहित गर्ने बताए ।

अनिल अग्रवालले व्यवसायीहरूको विश्वास जित्दै आगामी निर्वाचनमा आफूलाई मतदान गर्न आह्वान गरेका छन् । यो अन्तरक्रिया व्यवसायी र नेतृत्वबीच दीर्घकालीन सहकार्यका लागि एक ठोस पहल गर्ने बताएका छन् ।

अग्रवालको अभियानले चुनावको गति लिएको छ । व्यवसायीहरूले यस निर्वाचनलाई नेतृत्व चयनको मात्र नभई व्यवसाय क्षेत्रका भविष्य तय गर्ने अवसरको रूपमा हेरेका छन् ।

यता अध्यक्ष पदकाअर्का उम्मेदवार घोषणा गरेका प्रमोद सिंह रानाभाटपनि मतदाता भेटघाट कार्यक्रममा ब्यस्त देखिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*