हेलाे सरकार
शंकर सिंह ठकुरी
फजुल खर्च गरेर
देश र जनतालाई रिणकाे भारी बाेकाउछाै ।
बिना सित्तैमा भ्यू टावरहरू
सुनसान खेतबारीमा बनाउछाै !
लावालस्कर बाेकी बिदेश भ्रमणमा जान्छौं
घुम्छाै ,पिउछाै,खान्छाै र एस आराम पनि गर्छाैं
माेटाे माेटाे बिल देश र जनताको नाममा पार्छाै
अनि नारा दिन्छौं र भन्छाै शुसासन र सम्बृिद्द हाम्रै पालामा हाे !
भ्रष्टाचारको आहालमा देशलाई डुबाई राख्या छाै
हिजो खान नपाउने नेता आज याे देशको मालिक भएका छाै
देशको उघाेग कलकारखानाहरू सबै रित्तो रित्तो पारेका छाै
जनताको छाेराछाेरीलाई काम गर्न बिदेश जानुपर्ने बाध्यतामा राख्या छाै ।
स्कुल, कलेज र हस्पिटललाई पर्याप्त बजेट छुट्टिदैन
मठ मन्दिर , गुम्बा र देवालयहरूमा माेटाेमाेटाे रकम छुट्याउछाै
अनुत्पादक क्षेत्रमा लगानी बढाउछाै प्रतिफल शुन्य हुने गरि
उत्पादित वस्तुले बजार भाउ पाउदैन राेडमा फ्याक्नु पर्ने बाध्यता हुने गरिगरी ।
हेलाे सरकार!
बुढेउली नेतृत्व संगै आँखा त देख्छाै नी ?!
बुढेउली नेतृत्व संगै कान त सुन्छाै नी ?!
बुढेउली नेतृत्व संगै हिड्न त जान्छौं नी ?!
बुढेउली उमेर संगै देश र जनताको हितमा काम गर्ने चाहिँ कहिले हाे नी ?! ,
भुटानी शरणार्थी काण्डका मुख्य आराेपित कहिले समाउछाै
बालुवाटार जग्गा काण्डका मुख्य पात्रहरूलाई कति दिन बचाउछाै ।
गिरिबन्धु , टेरामक्स , वाईडबडि , एतिओमनि , बतास काण्ड , एनसेल , बालमन्दिर जग्गा प्रकरण कहिले सम्म यतिकै थन्काउछाै ।
सहकारी पिडितकाे रकम कहिले फिर्ता हुने व्यवस्था मिलाउछाै
हेलाे सरकार ।