उपनिर्वाचन राप्रपा हेटौंडा-१२ ले प्रेम लामा भ्लोनलाई उम्मेदवार बनाउने
हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मकवानपुरले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षको लागि प्रेम लामा भ्लोनलाई उम्मेदवार बनाएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षका लागि १६ मंसिरमा उपचुनाव हुनेछ । आइतबार नगर र जिल्ला कार्यसमितिको बैठकले प्रेम लामा भ्लोनलाई वडा अध्यक्षको उम्मेदवार घोषणा गरेका हुन् ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ स्थानीय निवासी रहेका भ्लोन विभिन्न समाजसेवी कार्यहरूमा पनि सहभागिता जनाउँदै आइरहेको राप्रपा नगर अध्यक्ष अरुण लामाले जानकारी दिनुभएको छ।
उक्त रिक्त रहेको पदमा राप्रपाले बहुमत ल्याएर वडा अध्यक्षको कब्जा गर्ने नगर अध्यक्ष अरुण लामाले जानकारी दिनुभएको छ।