‘लाईभ सेलो साँझ-२०८१’ कार्यक्रम स्थगित, कार्तिक ९ गतेको लागी सारियो

तामसालिङ खबर
१५ आश्विन २०८१, मंगलवार २०:०४

हेटौंडा । मकवानपुर जिल्लाको हेटौंडामा हुने भनिएको ‘लाईभ सेलो साँझ-२०८१’ कार्यक्रम स्थगित भएको छ। असोज १९ गते हेटौंडाको पल्पसा सभाहलमा हुने भनिएको ‘लाईभ सेलो साँझ-२०८१’ कार्यक्रम मिति सारेर आगामी कार्तिक ९ गते हुनेगरी स्थगित भएको हो।

कार्यक्रम स्थगित बारे मंगलबार आयोजक संस्था ओपेरा ईन्फोटेन्मेन्ट मिडिया प्रालिले पत्रकार सम्मेलन र विज्ञप्ति मार्फत जानकारी दिएका हुन्। आयोजकले कार्यक्रमका प्रायोजक र सहयोगी तथा शुभेच्छुक संघसं/स्थासंगको छलफल पश्चात् कार्यक्रम स्थगित गरिएको जनाएको छ।

निरन्तर वर्षाका कारण देशव्यापी रुपमा आएको विपत्ति र भौतिक तथा मानवीय क्षतिले सिंगो देश नै शोकमा डुबेको बेला यस्तो मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्नु समय सान्दर्भिक नदेखिएकोले कार्यक्रम स्थगित गरिएको आयोजक संस्था संस्थाका प्रोप्राईटर विक्रम लुङ्बाले बताए।

कार्यक्रममा खाजाको व्यवस्था हुने गरि प्रवेश शुल्क वापत टिकटको १ हजार रुपैयाँ तय गरिएको उनले बताए। “कार्यक्रमको लागी जम्मा ६ सय टिकटमा करिब ३ सय टिकट बिक्री भईसक्यो र टिकट खरिद गर्नु भएका दर्शक तथा स्रोतालाई कार्यक्रम स्थगित बारे जानकारी गराएका छौं। जे होस् उहाँहरु सकारात्मक हुनुहुन्छ।”, उनले भने।

उनका अनुसार टुङ्ना र डम्फू प्रशिक्षण सहयोगार्थ “एक तामाङ घर,एक डम्फू” भन्ने नाराकासाथ तामाङ समुदायको मौलिक कला, संस्कृति, गित-संगीत र बाजाको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कार्यक्रमा मकवानपुरे चर्चित सेलो गायक प्रकाश तितुङ, गायिका सुमिना लो र स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने छ ।

पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुर कोषाध्यक्ष सुरेश लामा, तामाङ कलाकार संघ मकवानपुर अध्यक्ष धिरेन लामा, धेदुङ जिल्ला सदस्य रविन्द्र थिङ र कलाकार संघ जिल्ला सदस्य तथा कार्यक्रम सह संयोजक हेम कुमार तितुङ लगायतको उपस्थिति थियो।

विज्ञप्ति:

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*