अखिल नेपाल औद्योगिक मजदुर संघ एन्ट्रान्टीक विस्कुट अन्तरगत इकाई समितिकाे साताैं अधिवेशन सम्पन्न

तामसालिङ खबर
५ आश्विन २०८१, शनिबार २२:०६

हेटौंडा । ५ असोज/अखिल नेपाल औद्योगिक मजदुर संघ अन्तरगत एन्ट्रान्टीक विस्कुट प्रा.लि इकाई समितिकाे साताैं अधिवेशन हरि ढुङ्गेलकाे अध्यक्षतामा सम्पन्न भएको छ ।

पञ्च बहादुर पाख्रिनकाे सभाध्यक्षतामा इकाई समितिमा हरि ढुङ्गेलको अध्यक्षमा २१ सदस्य सर्वसम्मत रुपमा सम्पन्न भएको हो । उपाध्यक्षमा गुण प्रसाद तिमल्सिना(क.उत्तम), सचिवमा गाेकुल अगस्ती, सह-सचिव रुद्र राई, काेषाध्यक्षमा मिना अर्याल सहित सर्वसम्मत चयन भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेकापा माओवादी केन्द्र बागमती प्रदेश समितिका सचिवालय सदस्य ललित बहादुर घलानले आफू मजदुर किसान वर्गको मुक्तिका लागि अनवरत संघर्षमा रहेको भन्दै र मजदुरमैत्री बनाउन आग्रह गर्नुभयो ।

त्यस्तै विशिष्ट अतिथी नेकपा माओवादी केन्द्र बागमती प्रदेश समिति सदस्य तथा मजदुर फ्याक्सन इन्चार्ज विवेक राईले देशमा श्रमजीवी वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा विकास र रूपान्तरण सम्भव रहँदैन र मजदुरको हक, हित र अधिकार स्थापित गर्न योगदान गर्ने विश्वास व्यक्त गरेका छन ।

कार्यक्रममा अतिथी रामशरण घिमिरे अखिल नेपाल ट्रेडयुनियन महासंघ मकवानपुर जिल्ला अध्यक्ष, ज्ञानेन्द्र लामिछाने अखिल नेपाल औद्योगिक मजदुर संघ जिल्ला अध्यक्ष, रविन्द्र केसी उपाध्यक्ष अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुर, औद्योगिक मजदुर संघका जिल्ला सचिव जयराम धिताल
लगाएत मजदुर नेताहरु अन्य अतिथिको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*