नेपाली महिलाहरुको धार्मिक एवं साँस्कृतिक पर्व हरितालिका तिजको अवसरमा सुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न

तामसालिङ खबर
१६ भाद्र २०८१, आईतवार २२:२७

हेटौंडा । भाद्र १६ गते/ अखिल(क्रान्तिकारी ) छात्रा बिभाग मकवानपुर,अनेमा संघ (क्रान्तिकारी) हेटौंडा उपमहानगरपालिका समिती र नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरले हरि तालिका तिजको अवसरमा सुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम आयोजना गरेको छ ।

नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सरकारका निबर्तमान सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वहाले समाज रुपान्तरणका लागि महिलाहरुको भूमिका महत्त्वपूर्ण हुने बताइन । आइतबार हेटौडाको स्केट ल्यान्ड यान्ड जुम्बा.फिट्नेस स्थल्मा सम्पन्न उक्त कार्यक्रमको अवसरमा प्रमुख अतिथिको मन्तब्यको क्रममा माननीय मोक्तानले अबको क्रान्ति महिला वाट सुरु हुनुपर्ने बताइन् ।

कार्यक्रममा विशिष्ट अतिथी तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज बिजय गौतमले समाज तथा सिङ्गो राष्ट्र जोड्ने महिला नै हुन,अब महिला आफ्नो हक अधिकारको निम्ति एक जुट भएर लड्नु पर्ने बताए ।

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य श्रधा पुलामी मगरले उन्नत बिचार समाजमा स्थापित गर्नको लागि महिलेले प्रभावकारी ढंगबाट अगाडि बढ्नुपर्ने बताए ।

त्यसैगरी नेकपा माओवादी केन्द्र मकवानपुर केन्द्रिय सदस्य मानकुमारी पाख्रिनले महिला शिक्षित भए मात्र सारा परिवार शिक्षित हुने बताए ।

त्यसै गरि अनुसन्धानमुलक शिक्षा र लैङ्गकि असमानताको अन्त्यका निम्ति महिला सबै अगाडी बढ्नुपर्ने नेकपा माओबदी केन्द्रका प्रदेश सचिवालय सदस्य लक्ष्मी पाखृनले बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सभा सदस्य माननीय प्रेम बहादुर पुलामी ज्यु,नेकपा माओबादी केन्द्र प्रदेश कमिटी सचिवालय सदस्य सर्केश घलान, नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य बिबेक राई,लक्ष्मी माझी,मकवानपुर जिल्ला सदस्य महेश सिग्देल,रामसरन कार्की,पुनम खतिवडा,हेटौंडा उपमहानगर कमिटी अध्यक्ष तीर्थबहादुर थापामगर,उपाध्यक्ष प्रदिप अर्याल,उपाध्यक्ष सोनि गुरुङ,अनेमा सङ क्रान्तिकारी हेटौंडा उपमहानगर अध्यक्ष चमेली सिन्जाली,अखिल नेपाल ब्युटिसियन संघ मकवानपुरका अध्यक्ष कुमारी तितुङ्ग,अखिल क्रान्तिकारी का केन्द्रीय सदस्य अन्जु मगर,अखिल (क्रान्तिकारी)मकवानपुर जिल्ला अध्यक्ष बुद्ध राज अर्याल,सह- सचिव विजन लटौंला, सुजन सिलवाल,कोषाध्यक्ष अनिल बसेल, अखिल क्रान्तिकारी हेटौंडा क्याम्पसका अध्यक्ष प्रमिला सिङ्तान,अखिल क्रान्तिकारी जिल्ला कमिटी सदस्यहरु लगायतको आतिथ्यता रहेको थियो ।

आज को कार्यक्रमको सभादक्ष्य को भुमिकामा अनेमा संघ (क्रान्तिकारी) हेटौंडा उपमहानगर समितिका अध्यक्ष चमेली सिन्जाली हुनुहुन्थ्यो भने कार्यक्रम संचालन अखिल नेपाल ब्युटिसियन श्रमिक संघका अध्यक्ष कुमारी लामाले गर्नुभएको थियो ।साथै स्वागत मन्तव्य भने अखिल(क्रान्तिकारी) मकवानपुरका छात्रा बिभाग प्रमुख सन्दिपा अर्यालले राख्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*