नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) भीमफेदी गाउँपालिका ९ नं. वडा कमिटीको दोस्रो अधिवेशन सम्पन्न/ विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश 

तामसालिङ खबर
१६ भाद्र २०८१, आईतवार २१:५६

हेटौंडा । भाद्र १६ गते/ नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) भीमफेदी गाउँपालिका ९ नं. वडा कमिटीको दोस्रो अधिवेशन मिलन गोलेको सभाध्यक्षमा आज सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम बागमती प्रदेश सासंद कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भीमफेदी गाउँपालिका ९ नं. वडा कमिटीको दोस्रो अधिवेशन बाट मिलन गोलेको अध्यक्षमा २८ सदस्य सहित सम्पन्न गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि ले समाजमा बिचार र सिद्धान्तमा एक रुप्तामा भएर चल्न आवश्यक रहेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक भीम पाख्रिनले जनयुद्ध जग बाट जनआन्दोलन सरु भएको बताएका छन्, अब आउने वडा कमिटीलाई सक्रिय भएर पार्टीमा लाग्न समेत अनुरोध गरेका छन् ।

विशिष्ट अतिथिमा जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलान अतिथिमा नेकपा माओवादी केन्द्रका भीमफेदी गाउँपालिका कमिटी अध्यक्ष बद्री बहादुर स्याङ्तान लगायत पार्टीका अन्य अतिथि रहेका थिए ।

त्यसै गरी योङ्ग कम्यूनिस्ट लिग नेपाल (ycl) वडा कमिटीमा अमृत गोले संयोजकमा २४ सदस्य गठन गरिएको छ । त्यसै गरी विभिन्न पार्टीबाट पार्टी परित्याग गरी भीमफेदी गाउँपालिका मा ३० जना भन्दा बढि सदस्यहरु माओवादी केन्द्रमा पार्टी प्रवेश गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*