जेसीज कप समूह चरणको खेल सकियो, दोस्रो चरणको खेल  शनिवार बिहान ७ बजेदेखि,  ४ बजे फाईनल खेल हुने

तामसालिङ खबर
१४ भाद्र २०८१, शुक्रबार २१:०७

राजकुमार के.सी.

मकवानपुर, १४ भदौ/थाहा नगरस्तरीय पालुङ जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिताको समूह चरणको प्रतियोगिता सकिएको छ ।

प्रतियोगिताको दोश्रो चरण अन्तरगतको क्वाटरफाइनल चरणमा ८ टिम पुगेका छन् ।

भदौ १३ गते बिहिबारदेखि सुरु भएको प्रतियोतिताको शुक्रबार साँझ पहिलो चरणको प्रतियोगिता सकिएको हो ।

प्रतियोगिताको समूहचरण अन्तरगत समूह ए बाट रामचन्द्र कार्की र बिमल बिष्ट, समूह बि बाट संग्राम खत्री र मधुसुदन चौधरी, समूह सि बाट देब अर्याल र नरेन्द्र मोक्तान, समूह डि बाट सुवाश थापा र समराज पाख्रीनको टिम समूह बिजेता भई  दोश्रो चरणमा प्रवेश गरेका हुन् । त्यस्तै समूह ए बाट रोशन गोपाली र घनश्याम श्रेष्ठ, समूह बि बाट नारायण बिष्ट र हरि बिष्ट, समूह सि बाट कविन्द्र ओड र प्रकाश चौधरी, समूह डि बाट इशाक केसी र नरेन्द्र लामाको टिम समूह उपबिजेता भई दोश्रो चरणमा प्रवेश गरेका हुन् ।

शनिबार बिहानदेखि दोश्रो चरण अन्तरगत क्वाटरफाईनल चरण को प्रतिश्पर्धा हुने कार्यक्रम संयोजक सुशान्त श्रेष्ठ (च्याङ)ले जानकारी दिए ।

कार्यक्रम संयोजक श्रेष्ठका अनुसार शनिबार बिहान ७ बजेदेखि दोश्रो चरणको प्रतियोगिता हुनेछ । दोश्रो चरणमा समूह ए को बिजेता र समूह सि को उपबिजेता बिच पहिलो खेल हुनेछ । त्यस्तै समूह बि को बिजेता र समूह डि को उपबिजेता बिच दोश्रो, समूह सि को बिजेता र समूह ए को उपबिजेता बिच तेश्रो र समूह डि को बिजेता र समूह बि को उपबिजेता बिच चौथो खेल हुनेछ ।

त्यस्तै शनिबार दिउँसो २ बजे सेमिफाईनल र ४ बजे फाईनल खेल हुने पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीले बताए ।

प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो ।

थाहा नगर ब्याडमिन्टन संघ, फरक सोच र शिखर क्लवको समन्वयमा सञ्चालन भएको प्रतियोगितामा थाहा नगरपालिका वडा नं. ३ कोे कार्यालयले सहयोग गरेको पालुङ जेसीज बर्ष २०२४ का कोषाध्यक्ष सञ्जय गोपालीले बताए ।

प्रतियोगितामा प्रथम, दोस्रो हुनेले क्रमशः नगद १० हजार, ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*