पहिलो पटक हेटौंडामा लाईभ सेलो साँझ हुने

तामसालिङ खबर
९ भाद्र २०८१, आईतवार १७:३९

भदौ, हेटौंडा – हेटौंडामा पहिलो पटक लाईभ सेलो साँझ हुने भएको छ। ओपेरा ईन्फोटेन्मेन्ट मिडिया प्रालिको आयोजनामा आगामी असोज १९ गते हेटौंडाको पल्पसा सभाहलमा लाईभ सेलो साँझ-२०८१ हुने भएको हो।

टुङ्ना र डम्फू प्रशिक्षण सहयोगार्थ तामाङ समुदायको मौलिक कला, संस्कृति, गीत-संगीत र बाजाको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले सेलो साँझ आयोजना गर्न लागिएको आयोजक संस्थाको कार्यक्रम संयोजक बिक्रम लुङ्बाले जानकारी दिनुभयो ।

तामाङ सांगीतिक क्षेत्रमा ख्याती प्राप्त सेलो गायक प्रकाश तितुङ र गायिका सुमिना लो ले कार्यक्रम अवधिभर भरपुर प्रस्तुति रहने आयोजक जनाएको छ । जिल्लामा हुने तामाङ समुदायसँग सम्बन्धित हरेक कार्यक्रममा जिल्ला घेदुङ स्वतः सहयोगी संस्थाको रुपमा रहने नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सचिव किरणमान बलले बताउनुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*