सुनचाँदीको मूल्य कति छ आज

तामसालिङ खबर
२८ श्रावण २०८१, सोमबार ११:५७

नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार रु १०० मात्रै घटेर तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४८ हजार कायम भएको छ । यसैबिच सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७१५ रुपैयाँ कायम भएको छ ।

अघिल्लो चाँदीको मूल्य तोलामा १ हजार ७२० रुपैयाँ कायम भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*