अखिल क्रान्तिकारी मकवानपुरको प्रमाणपत्र बितरण

तामसालिङ खबर
२८ असार २०८१, बिहीबार २०:३३

हेटौंडा । २७ असार/ अखिल नेपाल स्वतन्त्र बिद्यार्थी संगठन (क्रान्तिकारी) मकवानपुरको २३ औं सम्मेलनबाट नवनिर्वाचित कार्यसमिति पदाधिकारीलाई प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ ।

बिहीबार नेकपा माओवादी केन्द्रको जिल्ला पाटी कार्यलयमा भएको एक कार्यक्रममा गत असार १४ गतेको सम्मेलनबाट निर्विरोध जिल्ला कमिटीका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । प्रमाणपत्र बितरण पश्चात जिल्ला समितिको प्रथम बैठक समेत सम्पन्न भएको छ ।

प्रमाणपत्र वितरण तथा बैठक कार्यक्रम नेकपा माओवादी केन्द्रका मकवानपुर जिल्ला संयोजक भीम पाख्रिनको प्रमुख आतिथ्यतामा भएको थियो ।

जिल्ला अध्यक्ष बुद्धराज अर्यालको अध्यक्षतामा भएको बैठकले संगठनको नियमित गतिविधि र आगामी कार्ययोजना तयार गर्ने निर्णय गरेको कोषाध्यक्ष अनिल बसेलले बताए ।

  • कार्यक्रममा जिल्ला सचिव बीरबहादुर घलान ज्वाला, प्रदेश कमिटी सचिवालय सदस्य एवम् बिद्यार्थी संगठन ईञ्चार्ज ललित घलान, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटीका बिबेक राइ, प्रदेश कमिटी सचिवालय सदस्य शुभरत्न गोले, अखिल क्रान्तिकारी केन्द्रीय उपमहासचिव प्रदिप अर्याल, नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटी अध्यक्ष तीर्थबहादुर थापा मगर लगायतको आतिथ्यता रहेको थियो ।

अखिल क्रान्तिकारी मकवानपुरको सचिव छोइसाङ लामाले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि एवम् अतिथिहरुले बिद्यार्थीहरुले राजनीतिसंगै अध्ययनलाईपनि अगाडि बढाउनुपर्नेमा जोड दिए । उनीहरुले आजको बिद्यार्थीनै भविष्यको राष्ट्र निर्माणगर्ने महत्वपूर्ण शक्ति भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*