राक्सिराङ्गमा बेकरी तालिम सम्पन्न

तामसालिङ खबर
१० असार २०८१, आईतवार २०:०५

असार, हेटौडा (राक्सिराङ्ग) – राक्सिराङ्ग गाउँपालिकाको चैनपुरमा एक महिने बेकरी तालिम सम्पन्न भएको छ । आइतबार एक कार्यक्रमको बीच गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यतामा बेकरी तालिमको सम्पन्न भएको हो।

कार्यक्रममा सम्बोधन गर्नु हुँदै गाउँपालिका अध्यक्ष मल्लले सिप सिकेपछि व्यवहारमा उतार्ने र व्यबसायिक बन्नु पर्ने बताउनुभयो। अब बाहिरबाट आउने बेकरी सामग्रीलाई रोक लगाएर स्वरोजगार बन्नुपर्छ । तालिममा सिकेपछि व्यबसाय शुरु गर्ने टिमलाई गाउँपालिकाले सहयोग समेत गर्ने बताउनुभयो।

राक्सिराङ्ग गाउँपालिकाको सहयोगमा सुर्यमणि बिजनेश सोलुसन प्रालिको मुख्य प्रशिक्षक हिराप्रसाद पौडेलले स्थानीय १८ जनालाई तालिम दिनुभएको थियो । कार्यक्रममा राक्सिराङ्ग गाउँपालिकाका शाखा अधिकृत गोविन्द अधिकारी, सुर्यमणि बिजनेश सोलुशनका श्याम कुमार अग्रवालको आतिथ्यता रहेको थियो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*