द्वन्द प्रभावित व्यक्तिलाई सीपमूलक ६ महिने निःशुल्क कम्प्युटर तालिम

तामसालिङ खबर
३० जेष्ठ २०८१, बुधबार २०:४९

असार, हेटौंडा – द्वन्द प्रभावित व्यक्तिलाई सीपमूलक ६ महिने निःशुल्क कम्प्युटर सफ्टवेयर तालिम घाइते अपाङ्ग योद्धा सघं नेपाल मकवानपुरले तालिम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री कुमारी मोक्तानले कार्यक्रममा उत्कृष्ठ देखिएको छ सिप सिक्नुपर्छ आफनो क्षमता देखाउन सक्नुपर्छ सफ्टवेयर सिकेर मात्र हुँदैन कम्प्युटर जिवनमा सबै भन्दा उपयोग हुने कुरा समेत बताए ।

कार्यक्रम सभाध्यक्ष कृष्ण प्रसाद सुबेदीले राज्यले तपाईहरुमा लगानी गरेको छ हामी त माध्यम बनेका हौं । यस तालिम पश्चात सबैले राम्रो गर्नु हुन्छ भन्ने आशा समेत गरेको बताएका छन ।

कार्यक्रम सभाध्यक्ष कृष्ण प्रसाद सुबेदी कार्यक्रम प्रमुख अतिथि सामाजिक विकास मन्त्री कुमारी मोक्तान अतिथिहरुमा हेटौंडा उपमहानगरपालिका ५ नं वडा सदस्य सन्जिता सिलवाल, जिल्ला युवा परिषद मकवानपुर अध्यक्ष सुमन पाख्रीन, प्रशिक्षक दिनेश रिजाल लगायतको उपस्थित रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*