माओवादी बागमती प्रदेशका १३ जिल्लाको इन्चार्ज तोकियो

तामसालिङ खबर
९ चैत्र २०८०, शुक्रबार १८:३५

चैत्र, काठमाडौँ – नेकपा माओवादी केन्द्र बागमती प्रदेशले १३ जिल्लाको इन्चार्ज तोकेको छ । शुक्राबार बसेको प्रदेश सचिवालय बैठकले इन्चार्ज तोकेको केन्द्रीय सदस्य एवं ललितपुरका इन्चार्ज हरि दाहालले जानकारी दिए ।

दाहालका अनुसार काठमाडौँमा सूर्य सुवेदी, ललितपुरमा हरि दाहाल, भक्तपुरमा दिलीप प्रजापति, धादिङमा पुष्पविक्रम मल्ल, नुवाकोटमा हिरानाथ खतिवडा, रसुवामा कल्पना शर्मा, चितवनमा घना श्याम दाहाल, मकवानपुरमा विजय गौतम रहेका छन् ।

यस्तै सिन्धुलीमा बुद्धिमान माझी, रामेछापमा श्यामकुमार श्रेष्ठ, दोलखामा विशाल खड्का, काभ्रेमा तेजबहादुर मिजार र सिन्धुपाल्चोकमा केशव नेपाल रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*