हेटौडामा जुनियर क्योकुशिन कराते प्रतियोगिता हुने

तामसालिङ खबर
६ फाल्गुन २०८०, आईतवार ०७:५६

फाल्गुन, हेटौंडा – यहि फाल्गुन १० गतेबाट हेटौंडामा जिल्लास्तरीय जुनियर क्योकुशिन कराते प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासंघ मकवानपुरले महासंघको स्थापना दिवसको अवसरमा प्रतियोगिता गर्न लागिएको हो।

प्रतियोगितामा महिला तर्फ ३० केजी मुनि, ३५ के।जी, ४५ के।जी र ५० के।जी मुनि र पुरुषतर्फ ३० के।जी, ३५ के।जी।, ४५ के।जी र ५० के।जी मुनिका समुहगत प्रतिस्पर्धी खेलाडी सहभागी हुने छन् । प्रतियोगितामा १ सय ५० खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ ।

महासंघका जिल्ला अध्यक्ष सबिन मुक्तानले प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २ २ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र दिईने बताए । उनका अनुसार फागुन १२ गते अन्तिम दिन घ्याम्पो ब्रेकिङ्ग, आइस ब्रेकिङ्ग, टायल ब्रेकिङ्ग, लठ्ठी बेकिङ्ग, मोटर साइकल पेटबाट गुडाउने र ढुङगा ब्रेकिङ्ग जस्ता प्रदर्शन रहने छ ।

त्यस्तै, क्योकुशिन कराते खेलाडीबाट प्रदर्शनी हुने छ । समापन समारोहमा मकवानपुरबाट राष्ट्रियस्तर खेल्ने खेलाडीलाई सम्मान गरिने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*